आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    केरूङ-काठमाडौं रेलबारे चीनसँग आज वार्ता, दुबै देशका २ दर्जन बढी अधिकारीहरू सहभागी

    मन्त्रालयमा हुने वार्तामा यसअघि चिनियाँ पक्षले गरेको रेलमार्गको पूर्वसम्भाव्यता बारे विस्तृत प्रतिवदेन दिने बताइएको छ

    सोमबार, २४ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौ, २४ मंसिर 

    नेपाल र चिनियाँ अधिकारीबीच केरूङ-काठमाडौं रेलमार्गबारे सोमबार वार्ता हुँदैछ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ११ बजे हुने वार्तामा दुबै देशका दुई दर्जन बढी अधिकारीहरू सहभागी हुनेछन् ।

    नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन् ।  वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका १५ जना अधिकारीहरू आइतबार नेपाल आएका छन् ।

    मन्त्रालयमा हुने वार्तामा यसअघि चिनियाँ पक्षले गरेको रेलमार्गको पूर्वसम्भाव्यता बारे विस्तृत प्रतिवदेन दिने बताइएको छ ।

    प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२.२५किलोमिटर लामो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रूपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने उल्लेख गरिएको थियो ।

    आज वार्ता सकेर चिनियाँ टोली केही दिन फिल्ड भिजिटका लागि रसुवागढी र पोखरा पनि जाने कार्यक्रम छ।

    रेलमार्ग कुन आर्थिक मोडलमा बनाउनेबारे भने आजको बैठक छलफल हुनेछैन ।

    ‘डिपिआरका विषयमा कुराकानी हुन्छ कि,’ रेल विभागमा महानिर्देशक बलराम मिश्रले भने ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast