आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    असन्तुष्ट शीर्ष नेतासँग छलफल गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा

    शनिबार मात्र पार्टी विधानमाथिको छलफल सकिएपछि देउवाले दुवै धारका नेतालाई बोलाएर छलफल सुरु

    आईतवार, २३ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, २३ मङ्सिर

    कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट शीर्ष नेतासँग छलफल सुरु गरेका छन्। 

    सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेतालाई विधानमाथि छलफल गर्न आइतबार पार्टी कार्यालयमा बोलाएका हुन्। 

    शनिबार मात्र पार्टी विधानमाथिको छलफल सकिएपछि देउवाले दुवै धारका नेतालाई बोलाएर छलफल सुरु गरेका हुन्। विधानमाथिको छलफलमा सभापति देउवा र इतर पक्षका नेताले फरकफरक धारणा राखेपछि कांग्रेसमा विवाद चुलिएको छ। 

    विवादकैबीच सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ। सँगै मंसिर २८ गतेदेखि महासचिव समिति बैठक हुँदैछ। महासमिति बैठक अघि नै सबै विवाद टुंग्याउँने ध्यानमा सभापति देउवा छन्। 
    महासमितित भेलामा विधान दुई तिहाई बहुमतले पास गर्नुपर्ने भएकाले देउवालाई पौडेल र सिटौलाको साथ आवश्यक छ। 

    आइतबार बिहान नेता प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारी निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भेला भएका थिए। गुटको भेला बढ्दै गएपछि सभापति देउवाले छलफलका लागि शीर्ष नेतालाई बोलाएका हुन्।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast