आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नेकपाभित्रको असन्तुष्टी छताछुल्ल ! माधव, झलनाथ, बामदेव र प्रवक्ता नारायणकाजी फायर, स्थायी समिति बैठक २९ गते

    आईतवार, २३ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, २३ मङ्सिर :

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । 

    सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो । 

    यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिरिनुभएको थियो । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । 

    बैठकको तयारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो २ बजेदेखि नै आवश्यक परामर्शमा रहनुभएको थियो । 

    महासचिव पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो । यही मङ्सिर १२ गतेको सचिवलाय बैठकले पार्टीको प्रदेश कमिटीमा रहने सदस्यको नामावली टुङ्गो लगाएको थियो । 

    आजको बैठकमा पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast