मंगलवार, फागुन ६, २०७६
    राज्य-समाज

    पूर्वमन्त्री विक्रम पाण्डेलाई २ अर्ब बढीको भ्रष्टाचार मुद्दा, सिक्टा भ्रष्टाचारमा को-को परे ?

    ४ आयोजना प्रमुखसहित २१ जनाविरूद्ध मुद्दा

    शुक्रबार, २१ मंसिर २०७५, खिलानाथ ढकाल (सेतोपाटी).

    काठमाडौँ, २१ मङ्सिर

    राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइँको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    शुक्रबार अख्तियारले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे, आयोजना प्रमुखहरू सहदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    पाण्डेविरूद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ मागदाबी गरिएको छ। कालिकाका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईविरूद्ध २ करोड ४० लाख ५५ हजार ८७२ रुपैयाँ बिगो मागिएको छ।

    अख्तियारले आयोजना प्रमुख सरोजचन्द्र भपण्डितलाई ५९ करोड ३४ लाख ५२ हजार ४९४ रुपैयाँ बिगो मागेको छ।

    आयोजना प्रमुख दिलीपबहादुर कार्कीविरूद्ध १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १९९ रुपैयाँ बिगो मागिएको छ।

    अख्तियारले ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनी र सिँचाइ आयोजनाका प्रमुख तथा इन्जिनियरहरूले नहर निर्माणमा अनियमितता गरेको बताएको छ।

    सिक्टा भ्रष्टाचारमा को-को परे ?

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast