आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    निर्मला पन्तलाई न्याय माग्दै बागबजारमा नेविसंघले गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

    धेरै भयो बलात्कार, आज अपराध जोगाउने ओली थप्न सक्छ भोली लगायतका नारा

    शुक्रबार, २१ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, २१ मङ्सिर

    निर्मला पन्तको लागि न्याय माग्दै नेविसंघले राजधानीको बागबजारमा प्रदर्शन गरेको छ। नेविसंघ पद्यमकन्या इकाईले प्रदर्शनको आयोजना गरेको हो।

    प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरे।

    पद्यमकन्या इकाईकी अध्यक्ष साधना घिमिरेको नेतृत्वमा आयोजना गरिएको प्रदर्शनमा उनीहरुले निर्मलाको बलात्कारीलाई कारबाही गर, न्याय दे सरकार धेरै भयो बलात्कार, आज अपराध जोगाउने ओली थप्न सक्छ भोली लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast