आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    गृहमन्त्रीकै अगाडि पूर्वलडाकूले विष पिएपछि मन्त्रालय प्रवेशमा कडाइ, खानतलासीदेखि यस्ता 'लक्ष्मण रेखा' सम्म !

    मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले विष सेवन गरिसकेको खुलेको थियो

    शुक्रबार, २१ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौं, २१ मंसिर  

    मंसिर ५ मा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अगाडि एक पूर्वलडाकुले विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ ।

    मन्त्रीको कार्यकक्षभित्रै पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले विष सेवन गरिसकेको खुलेको थियो । हाल नेपाल प्रहरी अस्पतालमा उपचारपछि उनको डिस्चार्ज भइसकेको छ ।

    घटनापछि त्यहाँ रहेका सुरक्षा निकायका अधिकारीहरुलाई सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा कडाइ गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

    अहिले सिंहदरबार छिर्नुअघि पास देखाएर गृहको गेटमा पुगेका व्यक्तिलाई त्यहाँ पुनः परिचय पत्र देखाउन लगाइन्छ । त्यसपछि भेट्नु पर्ने व्यक्तिसँग फोन गरेपछि मात्रै भित्र जाने अनुमति दिइन्छ । भित्र विद्युतीय सुरक्षा बारबाट कटिसकेपछि व्यक्तिगत विवरणको रेकर्ड राखिन्छ ।

    अन्तिममा फेरि बर्दीधारी सुरक्षाकर्मीले सर्वसाधारणको खनतलासी पनि लिने गरेका छन् । जसका कारण मन्त्रालय जाने सर्वसाधारणले सास्ती भोग्नु परेको छ । त्यति मात्र होइन, समाचार संकलनका लागि मन्त्रालय जाने सञ्चारकर्मीहरुलाई पनि मन्त्रालय प्रवेश सहज छैन ।

    मन्त्रालयका एक अधिकारी भन्छन्, ‘विष काण्डपछि यो सिस्टम लागू भएको हो । धेरै मान्छे नआउन् भन्ने नै उद्देश्य हो ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast