बिहिवार, आषाढ २५, २०७७
    राज्य-समाज

    निर्मला पन्त हत्या प्रकरणमा काठमाडौंबाट एक युवक पक्राउ, विस्तृत विवरण आउन बाँकी

    निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक काठमाडौंमा पक्राउ परेका हुन्

    बुधबार, १९ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, १९ मङ्सिर

    कञ्चनपुरको भीमदत्तनगर– २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजना युवक काठमाडौंबाट पक्राउ परेका छन् ।

    निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक काठमाडौंमा पक्राउ परेका हुन् ।

    लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवकमाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर परिवारका सदस्यले उनी भारत गएको बताएका थिए ।

    प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवक काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवकको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरिसकेको छ ।

    ‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं । मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।’

    प्रहरीले पक्राउ परेका युवकको नाम गोप्य राखेको छ । सिआइबीले थप २५ जनामाथि सोधपुछ भइरहेको जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast