शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    यस्तो पनि हुँदो रहेछ ! "फाइरिङ" सिकाउने क्रममा गोली लागेर सिकाउने प्रहरी नै घाइते !

    गोली अड्किएपछि पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर देब्रो हातको तत्केलामा लाग्यो !

    मंगलवार, १८ मंसिर २०७५, आहाखबर

    विराटनगर, १८ मङ्सिर

    तालिम दिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन् । फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् । 

    प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको हत्केलामा गोली लागेको हो । नयाँँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्किएपछि पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर देब्रो हातको तत्केलामा लागेको हो । गाली लागि घाइते भएका यादवलाई उपचारका लागि मंगलबार नै काठमाडौं लगिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast