मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    आममाफी प्रक्रियामा यूएईबाट १ हजार नेपाली फर्किए, कामदारलाई थप १ महिना समय

    युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएको छ

    मंगलवार, १८ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    युएई, १८ मंसिर

    युएई सरकारले गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका छन् ।

    अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि फेरि १ महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् ।

    युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएका छन् । सुरुमा दिइएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएको थियो । त्यसपछि थपिएको एक महिनाको समय पनि मंसिर १ मा सकिएको थियो ।


    दूतावास मार्फत १ सय ४५ जनाले राहदानी बनाएका थिए । उनीहरुमध्ये धेरैले जागिर खोज्ने प्रयोजनको लागि ६ महिने भिसा लगाएका छन् । १ सय ८८ जनाले ट्राभल डकुमेण्ट बनाएर नेपाल फर्किएको दूतावासको राहदानी फााटमा कार्यरत तृतीय सचिव केशबराज पोखरेलले बताए ।

    आममाफी प्रकृयामा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सख्या धेरै रहेको उनले जानकारी दिए । तर एकिन तथ्यांक दुतावासलाई प्राप्त भइसकेको छैन ।

    युएई सरकारले अबैधानिक बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका कामदारलाईर् वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पुरा गरी मुलुक र्फकन आग्रह गरेको थियो । युएईमा अवैधानिक बसेका विदेशी नागरिकमध्ये बङ्लादेशी नागरिक सबैभन्दा धेरै छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast