सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    इसाई धर्म प्रचारक संस्थाबाट प्रधानमन्त्रीले पाएको पुरस्कारले कोष बनाउने मन्त्रिपरिषद्को निर्णय

    पुरस्कार ग्रहपछि बोल्दै प्रधानमन्त्री ओलीले यूवाका लागि काम गर्ने कोष बनाउने गरी उक्त रकम सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए

    मंगलवार, १८ मंसिर २०७५, आहाखबर

    काठमाडौं, १८ मंसिर 

    युनिभर्सल पिस फेडेरेसन संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको रकममा एक लाख अमेरिकी डलर थपेर सरकारले एउटा कोष बनाउने भएको छ।

    स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र इसाई धर्म प्रचारक संस्था  सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो ।

    यसअघि आइतबार साँझ एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्डका लागि तक्मासहित नगद पुरस्कार दिइएको थियो । 

    पुरस्कार ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले यूवाका लागि काम गर्ने कोष बनाउने गरी उक्त रकम सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए ।

    फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी थिइन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast