मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतद्वारा खारेज

    राउतको रिहाइ माग्दै जयकान्त राउतले कात्तिक १२ गते बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए

    सोमबार, १७ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, १७ मङ्सिर

    स्वतन्त्र मधेस देश बनाउने भन्दै अभियान थालेका चन्द्रकान्त (सिके) राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

    सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो।

    राउतको रिहाइ माग्दै जयकान्त राउतले कात्तिक १२ गते बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए।

    रौतहट राज्यविरूद्धको  संगठित कसुरमा लागेको भन्दै रौतहट प्रहरीले पछिल्लो पटक राउतलाई असोज २१ गते पक्राउ गरेको थियो।

    उनका आफन्तले जिल्ला अदालत रौतहटमा हालेको बन्दी प्रत्यक्षीकरणको रिट पनि खारेज भएको थियो।

    यसअघि पटक-पटक पक्राउ परे पनि प्रमाण नपुगेको भन्दै अदालतले राउतलाई छाड्न आदेश दिँदै आएको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast