सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    मलेसियाले अध्यागमन कानून उल्लङ्घन गर्ने ६३ हजार विदेशीलाई पुनः प्रवेशमा राेक लगायाे

    सोमबार, १७ मंसिर २०७५, आहाखबर

    काठमाडाैं, १७ मङ्सिर 

    मलेसियाले अध्यागमन कानूनविपरित गतिविधि गरेको र आपराधिक क्रियाकलापमा संलग्न भएको ठहर गरिएका विदेशी नागरिकलाई कालोसूचीमा राख्दै पुनः प्रवेशमा प्रतिबन्ध लगाएको हो । भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपाली पनि कालोसूचीमा परेका छन् ।

    मलेसियाले अध्यागमन कानून उलंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकलाई पुनः प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ ।

    मलेसियाको अध्यागमन विभागकाअनुसार सन् २०१८ को जनवरी यता ६३ हजार विदेशी नागरिक कालोसूचीमा परेका हुन् । अध्यागमन विभागले प्रतिबन्ध फुकुवा नगरेसम्म उनीहरु मलेसिया प्रवेश गर्न पाउने छैनन् । विभागका अनुसार ई–भिसा पाइसकेका तर विभागको कालोसूचिमा परेकाले पनि मलेसिया प्रवेश पाउने छैनन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast