शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    जनकपुर विवाह–पञ्चमी महोत्सवको तयारी तीब्र, सांस्कृतिक दूतका रुपमा योगी आदित्यनाथ आउदै

    जनकपुरमा योगिको स्वागतकालागि जानकी मन्दिर र प्रदेश २ सरकार तयारीमा जुटेका छन्

    सोमबार, १७ मंसिर २०७५, आहाखबर

    अयोध्या, १७  मंसिर 

    भारत उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा अयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा भ्रमण गर्ने बताएका छन् ।

    ‘जनकपुरको भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो,’ उनले भने, ‘राजनीति र धार्मिक यात्राभन्दा सांस्कृतिक यात्राले झनै महत्व राख्छ। सांस्कृतिक यात्राले दुई सहर जनकपुर र अयोध्यालाई जोड्ने छ।’

    ‘दुवै देशका सहमति भयो भने माता सिताको माइतीमा पुगेर श्रद्धा साथ पुजा गर्ने इच्छा छ,’ उनले थपे।

    उतर प्रदेशको राजधानी लखनउ भ्रमणमा रहेका जनकपुरका पत्रकारहरुसँग भेटघाट गर्दै मुखयमन्त्री योगीले आफू विवाह पञ्चमीमा जनकपुरधाम जान लालायीत रहेको बताएका हुन्।

    मुख्यमन्त्री योगीले माता जानकीको दर्शन गर्ने आफ्नो पुरानो इच्छा पुरा हुनेभएकाले खुसी व्यक्त गर्दै डिसेम्बर १२ तारिखको प्रतिक्षामा रहेको बताएका थिए। 

    मुख्यमन्त्री योगीले भगवान श्री रामको जन्मभूमि अयोध्या नगर र माता जानकीको जन्मभूमि जनकपुरधामको विकासका लागि आफू, आफ्नो पार्टी र स्वयं प्रधामन्त्री समेत नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उनले बताएका थिए ।

    दुवै सहरबीच सांस्कृतिक र धार्मिक सम्बन्धले बाँधिएकोले यसको विकासकै लागि भारत सरकार जनकपुरधाम–अयोध्या बस सेवा सञ्चालन गरेको र रेलसेवा शुभारम्भ भएपछि नेपाल भारतको सम्बन्धमा थप टेवा पुग्ने उनको धारणा थियो ।

    जनकपुरमा योगिको स्वागतकालागि जानकी मन्दिर र प्रदेश २ सरकार तयारीमा जुटेका छन् । मुख्यमन्त्री लालबाबु राउतले मंसिर २७ गते योगिकालागि भण्डाराको अयोजना गरेका छन् ।

    जनकपुरमा मंसिर २७ गते अयोजना हुने विवाह पञ्चमीमा सहभागी हुने तयारी भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast