शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    क‍्रिश्चियन धर्मको विवादमा मुछिएको संस्थाबाट प्रधानमन्त्री ओलीलाई १ करोड ११ लाख पुरस्कार !

    आईतवार, १६ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौँ, १६ मङ्सिर 

    युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख रुपैयाँ डलरको 'लिडरसिप एन्ड गुड गभर्नेन्स' पुरस्कार प्रदान गरेको छ । विश्वभर क‍्रिश्चियन धर्म प्रचारमा लागेर विवादमा मुछिएको यस संस्थाले नेपालमा एसिया प्यासिफिक सम्मेलनका क्रममा ओलीलाई यो पुरस्कार दिएको हो । 

    नेपालमा पूर्वसांसद एकनाथ ढकालले अगुवाइ गरिरहेको यस संस्थाले दिएको एक लाख डलर (एक करोड ११ लाख रुपैयाँ) बराबरको यो पुरस्कार ओलीले सरकारलाई हस्तान्तरण गरेका छन् । यो पुरस्कारबापतको रकम युवा र बालबालिकाको क्षेत्रम खर्च गर्न नेपाल सरकारलाई हस्तान्तरण गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

    ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् ।

    पुरस्कार पाएलगत्तै ओलीले सरकारलाई त्यो रकम हस्तान्तरण गर्ने बताएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast