मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    आइजीपी खनाल भन्छन् : 'प्रहरीमा अब पहिलेको जस्तो स्थिति छैन, पुराना गल्ती दोहोर्‍याउंदैनौं'

    नेपाल सरकारको नीति अनुसार आफ्ना कार्य गर्ने र नेपालको कानुन अनुसार क्रियाशील हुन कुनै पनि कसर बाँकी नराख्ने

    आईतवार, १६ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, १६ मङ्सिर

    सर्वसाधारणलाई स्थानीयतहबाटै शान्ति सुरक्षा बढाउन नुवाकोटमा भूकम्पले भत्किएका प्रहरी चौकीहरुको पुनर्निर्माण गरिएको छ । सदरमुकाम विदुरमा निर्मित तीनवटा प्रहरी कार्यालय तथा आवासको आइतवार एकै पटक उद्घाटन गरिएको छ ।

    नेपाल सरकारको भुकम्प पुर्ननिर्माण कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालयको हातामा निर्मित आवास भवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र प्रहरी चेकपोष्ट कार्यालय भवनको एकैपटक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे । ती भवनहरु सर्वसाधारणको सुरक्षाका लागि सरकारले भुकम्प पुनर्निर्माण कोष अन्र्तगत निर्माण गरेको हो । 

    भवनहरुको उद्घाटन गर्दै महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा अब पहिलेको जस्तो स्थिति नरहेको उल्लेख गर्दै गल्ती नदोहोर्‍याउने बताए । प्रहरीले आमनागरिकको जिउधनको सुरक्षाका लागि नेपाल सरकारको नीति अनुसार आफ्ना कार्य गर्ने र नेपालको कानुन अनुसार क्रियाशील हुन कुनै पनि कसर बाँकी नराख्ने बताए । 

    नेपाल प्रहरीको विगत नकोट्याउन अनुरोध गर्दै खनालले आफुले २८ वर्ष सेवा गरेको संगठनको टिप्पणी गर्नु भन्दा पहिलेका गल्तीलाई सुधार गरि प्रहरी समुदायसँगै अगाडि बढी अपराधीलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने बताए । उनले नुवाकोट मानव वेचविखन प्रभावित भएकाले प्रहरीले विशेष रुपमा योजना बनाएको पनि वताए ।

    नेपालका केही घटनाक्रमले नेपाल प्रहरी संगठनलमाथि अविश्वास र प्रश्नचिन्ह खडा भए पनि अब प्रहरीले सुरक्षा, देशको कानुन कार्यान्वयन र सरकारको सुरक्षा नीतिलाई कार्यान्वयन गर्न लागिरहने खनालले प्रतिवद्धता जनाए । गाउँ समाजको सुरक्षा नागरिक अगुवाहरुले नै गर्नुपर्ने र यसबाट समाजमा अपराधको श्रृंखला घटेर जाने उनको भनाई छ । 

    उनले आफू विदेश जाँदा गलत मान्छेलाई भेटेको विषयले चर्चा पाइरहेको प्रसंग उल्लेख गर्दै अपराधीको निधारमा केही पनि नलेखिएको हुनाले चिन्न समस्या हुने बताए ।  कुनै पनि अपराधी आफ्नो अगाडि नआओस भन्ने आफ्नो मान्यता रहेकाले यो विषयलाई बिनाकारण नलम्ब्याउन उनले अनुरोध गरे ।

    विदुर नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय हातामा निर्मित दुई तले, १२ कोठे प्रहरी अधिकृत आवास तथा जुनियर प्रहरी व्यारेक भवन कुल एक करोड ७१ लख १५ हजार आठसय ३२ रुपैयाँ,  प्रहरी पोष्टको एक करोड ३३ लाख आठ हजार ६ सय ३७ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको एक करोड २८ लाख ५१ हजार चार सय ४५ रुपैयाँ लागत  रहेको छ । 

    प्रहरी पोस्ट र ट्राफिक कार्यालय भवन दुवै दुईतले १०/१० कोठे रहेको छ । सो भवन भूकम्प प्रतिरोधी रहनुका साथै बन्दीका लागि सुविधायुक्त शौचालय  रहेको प्रहरी प्राविधिक इन्जिनियर अनिल रानाले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast