सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    एसिया प्यासिफिक समिट : सच्चा मातासँग प्रधानमन्त्री दम्पतिले आर्शिवाद नलिने

    आयोजकले चलाखीपूर्वक ब्लेसिङ समारोहमै प्रधानमन्त्रीलाई अवार्ड दिने सेड्युल बनाएको छ

    आईतवार, १६ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, १६ मङ्सिर

    एसिया प्यासिफिक समिटमा आएकी दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनसँग प्रधानमन्त्री केपी शर्मा ओली दम्पतिले आर्शिवाद नलिने भएका छन् । आज ३ सय जोडीलाई ‘ब्लेसिङ’ अर्थात आर्शिवाद दिने कार्यक्रम थियो । जसमा प्रधानमन्त्री दम्पतिलाई पनि निम्ता गरिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने ब्लेसिङमा सहभागी नहुने भएका छन् ।

    कोरियाली माताले प्रधानमन्त्रीलाई ‘गुड गभर्नेन्स अवार्ड’ दिने कार्यक्रम पनि छ । प्रधानमन्त्रीले अवार्ड भने ग्रहण गर्ने कार्यक्रम छ । तर आयोजकले चलाखीपूर्वक ब्लेसिङ समारोहमै प्रधानमन्त्रीलाई अवार्ड दिने सेड्युल बनाएको छ ।

    पुरानो सेड्यूलमा साढे ४ बजे प्रधानमन्त्री दम्पतीलगायत पाँच सय जोडीले माताबाट ब्लेसिङ लिने उल्लेख थियो । प्रधानमन्त्री नै सहभागी नहुने भएपछि आयोजक निराश बनेको बुझिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast