आईतवार, असोज ५, २०७६
    कृषि-उर्जा

    केन्द्रबाट खटिएको टोलीद्वारा विद्युत् चोरी गर्ने २६ जना पक्राउ, २ लाख २६ हजार राजश्व सङ्कलन

    विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जानकारी

    शुक्रबार, १४ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    लहान, १४ मङ्सिर 

    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । 

    वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए । 

    पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवानाबापत रु दुई लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताए । उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast