शनिबार, जेष्ठ २४, २०७७
    स्कुल-कलेज

    ६५ विद्यालयका शिक्षक आन्दोलित, पठन-पाठन प्रभावित, विगत ५ महीनादेखिको बाँकी तलब माग

    कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाबाट जानकारी

    शुक्रबार, १४ मंसिर २०७५, आहाखबर
    फाइल फोटो

    सल्यान, १४, मङ्सिर :

    जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो । 

    मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापेर फर्किएका छन् । परिषद् समयमा हुन नसक्दा नगरपालिकाभित्र रहेका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत रहेका छन् ।

    नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । आफूहरुले पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि पेनडाउन गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् । 

    उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिए । “तलब नखाएर काम गर्न लागेको पाँच महीना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छ्रैनन्, उधारोमा काम कहिले सम्म गर्ने रु”, सचिव राठौरले भने । 

    लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड््काले जानकारी दिए । “हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटकपटक नगरपालिकामा आफ्नो समस्या राख्याँै सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ”, शिक्षक खड्काले भने । 

    नगरपालिकाभित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुनसकेको छैन । 

    समयमै नगरपरिषद् नहँुदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छन् । कार्यपालिाकको बैठक पटकपटक बसे पनि सहमति हुनसकेको छैन । नगरपालिकाभित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुनसकेको छैन । 

    कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीले वताए । “हामी पनि नगरपालिकाभित्रका सबै कर्मचारीको पक्षमा नै छाँै, हामीले कार्यपालिाकको बैठकमा गत आर्थिक वर्षमा सम्पन्न गरिएका क्रियाकलापको समीक्षा गरौँ भनेका छौँ, समीक्षा गर्न सहमत भए हामी नगरपरिषद् गर्न सहमत छौँ”, उपप्रमुख यरीले भने । 

    नगरपालिकाका प्रमुख गोविन्द पुनले छिट्टै समस्या समाधान हुने बताए । शिक्षकको मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने पुनले जानकारी दिए । 

    मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापेर फर्किएका छन् । परिषद् समयमा हुन नसक्दा नगरपालिकाभित्र रहेका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत रहेका छन् ।

     

    महोत्तरी जिल्लामा अनुमतिबिना निजी विद्यालय सञ्चालित

    महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत ९निजी० विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ । 

    पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक्त कार्यालयका प्रमुख शत्रुधन यादव बताउछन् । 

    जिल्लामा यसरी बिनाअनुमति सञ्चालनमा रहेका विद्यालयको सङ्ख्या १०० भन्दा बढी भएको अनुमान गरिए पनि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी जानकारी गराएपछि मात्र यकिन विवरण आउने जिल्ला शिक्षा समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ । 

    बर्दिवास नगरपालिकाको शिक्षा शाखाका प्रशासकीय अधिकृत गणेश दाहालले अनुगमनका क्रममा नगर क्षेत्रका विभिन्न वडा बस्तीमा सञ्चालित ३७ संस्थागत विद्यालयमध्ये अहिलेसम्म १५ वटा अनुमतिबेगर नै सञ्चालित भएको पाइएको जानकारी दिए ।

    तीमध्ये १० विद्यालयले सञ्चालन स्वीकृति लिएका कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरेको पाइएको छ भने पाँचवटाले त विद्यालय सञ्चालनको कुनै प्रक्रिया नै अघि बढाएको नपाइएको बताए । 

    जिल्लामा सञ्चालित प्राय संस्थागत विद्यालयले कक्षाकोठा, विद्यार्थीका लागि बस्ने व्यवस्था, शैक्षिक सहायक सामग्री र योग्य विषय शिक्षकको व्यवस्थाबिना नै स्वीकृतिबेगर नै कक्षा सञ्चालन गर्नाका साथै अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने विज्ञापन गरेर मनपरी चर्को शुल्क उठाउने गरेको सम्बद्ध अभिभावक बताउँछन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast