आईतवार, असोज ५, २०७६
    यातायात

    फेरी गरियो ‘अनावश्यक’ जोर–बिजोर प्रणाली, सास्ती दिएको भन्दै यात्रुद्वारा सरकारको आलोचना

    निर्णयहरु नागरिकलाई सजिलो बनाउने वा सुविधा दिने भन्दा पनि सास्तीको भारी बोकाउने खालका रहेको भन्दै आलोचना

    बिहिवार, १३ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, १३ मङ्सिर

    सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ । बिहीबार बिजोर नम्बर प्लेटका सवारी चलेका छन् ।

    तर, यसबाट यात्रुले चरम सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो छ । तर, सरकारी अधिकारीले यसलाई बेवास्ता गरेका छन् ।

    घन्टौं कुर्दा पनि गाडी नपाएपछि यात्रुहरुले सरकारको जोर-बिजोर लगाउने कदमको आलोचना गरेका छन् ।

    सरकार नागरिकको सहजका लागि र परेका अप्ठ्याराहरुको सम्बोधनका लागि हो, यो मान्यता विश्वव्यापी छ । नेपालमा पनि यहि मान्यतामा अडिएर प्रजातान्त्रिक व्यवस्था अनुरुपको सरकार छ ।

    तर उसका पछिल्ला कतिपय निर्णयहरु नागरिकलाई सजिलो बनाउने वा सुविधा दिने भन्दा पनि सास्तीको भारी बोकाउने खालका रहेको भन्दै आलोचना भइरहेको छ ।

    यसको पछिल्लो उदहारण बनेको छ, बिहीबारदेखि काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा लागु भएको जोर–बिरोर प्रणाली ।

    मंसिर १४ देखि अर्थात शुक्रबारदेखि मंसिर १७ गतेसम्म हुने एसिया प्यासिफिक सम्मेलनलाई लक्षित गरी सरकारले काठमाडौँ उपत्यकामा जोर–बिरोज प्रणाली लागु गरेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast