आईतवार, असोज ५, २०७६
    यातायात

    एशिया प्याशिफिक सम्मेलन २०१८

    काठमाडौँ उपत्यकामा चल्ने यातायातमा ४ दिनका लागि ‘जोर-बिजोर’ प्रणाली लागू

    समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली

    बुधबार, १२ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, ११ मङ्सिर :

    एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ । 

    अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि एक सूचना जारी गरी जानकारी दिएको छ । 

    गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

    मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

    अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि एक सूचना जारी गरी जानकारी दिएको छ । 

     

    यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागि हुने कार्यक्रम छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast