आईतवार, असोज ५, २०७६
    कृषि-उर्जा

    पाल्पाको पूर्वखोला गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा आलुको बीउ वितरण

    गाउँपालिकाको रु ६ लाख ५० हजार र कृषकको रु ६ लाख ५० हजारको आलुको बीउ वितरण

    सोमबार, १० मंसिर २०७५, आहाखबर

    बेझाड, १० मङ्सिर

    पाल्पाको पूर्वखोला गाउँपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको हो । 

    छवटै वडा कार्यालयमार्फत कृषकको मागको आधारमा आलु बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । वडा नं १ मा २५ क्वीन्टल, २ मा ४० क्वीन्टल, ३ मा ५० क्वीन्टल, ४ मा ३० क्वीन्टल र वडा नं ६ मा २५ क्वीन्टल कार्डिनल रातो जातको आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाको रु ६ लाख ५० हजार र कृषकको रु ६ लाख ५० हजारको आलुको बीउ वितरण गरिएको हो । यस्तै कृषकलाई एघार क्वीन्टल गौतम जातको गहुँको बीउ निःशुल्क वितरण गरिएको अध्यक्ष थापाले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast