आईतवार, असोज ५, २०७६
    यातायात

    आफ्नै रेल किनेर सञ्चालन

    यही पुसभित्रै ‘जयनगर-कुर्था’ रेल सञ्चालन हुने, भारतबाटै रेल खरिद, नेपालपक्षबाट मूल्य स्वीकार

    सोमबार, १० मंसिर २०७५, आहाखबर

    धनुषा, ९ मङ्सिर :

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् । 

    जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे ।

    मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आइतबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले अहिले तत्काल रेल्वेको उद्घाटन हुने कुनै किसिमको कार्यक्रम तय नभएको बताए । 

    जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे । 

    रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसका लागि मूल्य पनि पठाइसकेको छ, भारतले पठाएको मूल्य सरकारले स्वीकार गरेर पत्राचारसमेत गरिसकेको छ ।

    मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विशुद्ध धार्मिक भ्रमणमात्र हुने बताउँदै यही मङ्सिर २६ गते रेल्वेको उद्घाटनको कार्यक्रम नभएको प्रस्ट पारे । उनले भने, “रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसका लागि मूल्य पनि पठाइसकेको छ, भारतले पठाएको मूल्य सरकारले स्वीकार गरेर पत्राचारसमेत गरिसकेको छ ।” 

    मन्त्री महासेठले आगामी महीनाभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–विजलपुरा हुँदै बर्दिवाससम्म रेल सञ्चालन हुने बताए ।

    मन्त्री महासेठले आउने चार वर्षमा दुई हजार ८०० किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र एक हजार २०० किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताए । 

     

    गहुँको बीउमा अनुदान 

    प्रदेश २ का किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध हुने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानलाई अनुदानको गहुँ बीउ उपलब्ध गराउन लागेको हो । 

    अनुदानको गहुँ बीउ जिल्लाका कृषि ज्ञानकेन्द्र कार्यालयले तोकेको स्थानीय बीउबिजन केन्द्रबाट प्राप्त गर्न सकिने जनाइएको छ । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले किसानले गहुँ बीउ ६५ रुपैयाँ ५० पैसा तोकिएको दरमा ४० प्रतिशत अनुदानको पाउने बताए । 

    कृषि ज्ञानकेन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जिल्लाका विभिन्न ठाउँमा स्थानीय बिक्री केन्द्र छनोटको प्रक्रियामा रहेको बताउँदै सम्भवतः सोमबारदेखि अनुदानको गहुँ बीउ बिक्री वितरण शुरु गरिने बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast