सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना

    प्रतियोगितामा रमेश मङ्ग्राती द्वितीय, रुपलाल बुढाथोकी तृतीय, सुवास थापा सान्त्वना

    आईतवार, ९ मंसिर २०७५, आहाखबर

    दमौली, ९ मङ्सिर

    तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको छ । 

    कालभैरव मन्दिर विकास समितिले मन्दिरको प्रचारप्रसार गर्दै मुलाबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । थर्पु बजारदेखि मन्दिरसम्म आयोजना गरिएको दौडको उपाधि खगेन्द्र रानाभाटले जितेका छन् । 

    उनले आठ किमी दूरीको दौड ३३ मिनेट पाँच सेकेण्डमा पूरा गरेका थिए । प्रतियोगितामा रमेश मङ्ग्राती द्वितीय, रुपलाल बुढाथोकी तृतीय, सुवास थापा सान्त्वना भए । उनीहरुले क्रमशः ३५ मिनेट ८ सेकेण्ड, ३८ मिनेट २५ सेकेण्ड, ३९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । 

    महिलातर्फ प्रिया राईले ५० मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम स्थान हासिल गरे भने विष्णु लामिछाने द्वितीय, देवीकला गुरुङ तृतीय, लीला बस्याल सान्त्वना भए । उनीहरुले क्रमशः ५५ मिनेट १५ सेकण्ड, ५५ मिनेट ५० सेकेण्ड, ६० मिनेट ५० सेकेण्डमा उक्त दूरी पार गरे । 

    म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले विजयी प्रतियोगीलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ १५७ र महिलातर्फ ६० धावक सहभागी थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast