आईतवार, असोज ५, २०७६
    यातायात

    डडेलधुरा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, १४ जनाको सनाखत (सूचीसहित)

    डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो

    शुक्रबार, ७ मंसिर २०७५, आहाखबर

    डडेल्धुरा,  ७ मङ्सिर 

    डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना  हुँदा १८ को ज्यान गएको हो ।

    दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो । 

    अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका थिए । 

    डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो ।

    दुर्घटनाका घाइते २७ मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ७ जना कोहलपुर पठाइएको छ। अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु भएका १८ जना मध्ये हालसम्म १४ जनाको सनाखत भएको छ भने ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।

    मृतकको सूची

    १. पुरण कठायत, वर्ष २३, कैलाली

    २. तिलक खाती, वर्ष २०, कैलाली

    ३. योगेन्द्र बोहोरा, वर्ष २२, डोटी

    ४. शंकर जोरा, वर्ष खुलेको छैन, डोटी

    ५. शारदा कठायत, वर्ष २०, कैलाली

    ६. केशव कठायत, वर्ष २१, कैलाली

    ७. चक्र धामी, वर्ष २२, डडेलधुरा

    ८. माया रावल, वर्ष १८, डडेलधुरा

    ९. शशी विक, वर्ष खुलेको छैन, डोटी

    १०. माया भाट, वर्ष २५, डोटी

    ११. कैलाश रावल, वर्ष ४०, डोटी

    १२. योगेन्द्र रावल, वर्ष ४०, डोटी

    १३. रोहित बलायर, वर्ष १६, डोटी

    १४. टेक धामी, वर्ष खुलेको छैन, कैलाली

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast