बिहिवार, आषाढ २५, २०७७
    राज्य-समाज

    ९३ स्थानीय तहले गरे आफ्नो नाम र केन्द्र परिवर्तन, प्रस्ताव प्रदेश सरकारसमक्ष पेश

    ९ स्थानीय तहको नाम, ५५ स्थानीय तहको केन्द्रको नाम परिवर्तन एवं नाम तथा केन्द्र दुवै २० स्थानीय तहको परिवर्तन

    मंगलवार, ४ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, ४ मङ्सिर 

    अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गरेका छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

    उनका अनुसार तीमध्ये १९ स्थानीय तहको नाम, ५५ स्थानीय तहको केन्द्रको नाम परिवर्तन एवं नाम तथा केन्द्र दुवै २० स्थानीय तहको परिवर्तन गरिएका छन् । गाउँ–नगरसभाको बैठकले नाम र केन्द्र परिवर्तन गर्नका लागि दुई तिहाइले पारित गरेको प्रस्ताव प्रदेश सरकारसमक्ष पेश गर्नुपर्छ । यसरी पेश गरिएको नाम र केन्द्र परिवर्तनका लागि प्रदेश सरकारले सङ्घीय मामिला मन्त्रालयमा पठाउने गर्छ ।

    मन्त्रालयले नाम र केन्द्र परिवर्तन गर्न चाहने स्थानीय तहको प्रक्रियाबारे अध्ययन गरेर मन्त्रिपरिषद् कार्यालयमा पठाउँछ । प्रवक्ता अधिकारीले नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन पेश गरेका ५० स्थानीय तहको थप आवश्यक कागजात मगाइएको बताए । ‘कतिपय स्थानीय तहले प्रक्रिया नै नपु¥याई नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन दिएका छन्’, उनले भने, ‘त्यस्ता स्थानीय तहलाई प्रक्रिया पु¥याएर पुनः कागजात मगाइएको छ ।’ मन्त्रालयले चार स्थानीय तहको नाम परिवर्तन गर्नका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast