आईतवार, असोज ५, २०७६
    यातायात

    पोखरा विमानस्थल मर्मतकालागि दैनिक १५ घण्टा बन्द, १५ दिनमा सबै काम सकिने जानकारी

    दिउँसो ३ बजेदेखि राति १० बजेसम्म धावनमार्ग, पार्किङ क्षेत्र लगायतमा काम हुने र राति १० बजेपछि सुकाउने काम हुने

    आईतवार, २ मंसिर २०७५, आहाखबर

    पोखरा,  २ मङ्सिर

    पोखरा विमानस्थलको धावनमार्ग मर्मतका लागि दैनिक १५ घण्टा विमानस्थल बन्द हुने भएको छ।

    नागरिक उड्डयन मन्त्रालयले १० वर्षपछि पोखरा विमानस्थलको धावनमार्गको मर्मत गर्न लागेको हो।

    धावनमार्गमा ठाउँमा चर्किने र गिटीहरू उप्किन सुरू भएपछि मर्मत गर्न लागेको हो। आजदेखि दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल मर्मतका लागि बन्द गरिएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।

    उनले दिउँसो ३ बजेदेखि राति १० बजेसम्म धावनमार्ग, पार्किङ क्षेत्र लगायतमा काम हुने र राति १० बजेपछि सुकाउने काम हुने बताए।

    विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम मन्त्रालयले अगाडि बढाएको उनले उल्लेख गरे।

    प्राधिकरणको योजनाअनुसार १५ दिनमा सबै काम सकिने र धावनमार्गभन्दा बाहिरको बाटो पिच गर्ने काम भने १ महिनासम्म चल्नेछ। धावनमार्गको मर्मत र थप पिच गर्नका लागि १ करोड ९० लाख खर्च लाग्ने उनले सुनाए ।

    पोखरा विमानस्थलबाट अहिले दैनिक २ सय ६० उडान हुँदै आएका छन् । पोखराबाट दैनिक काठमाडौं, मुस्ताङ, भरतपुर, बुटवल उडान हुँदै आएका छन् । पोखराबाट बुद्ध एयर, यती एयर, सिम्रिक एयर, तारा एयर, नेपाल एयरलाइन्स लगाएतका कम्पनीले उडान भर्दै आएका छन्। त्यसैगरी, पोखराबाट माउन्टेन फ्लाइटका लागि हेलिकप्टर, अल्ट्रालाइट र जहाजले पनि सेवा दिँदै आएका छन् ।

    धावनमार्गको मर्मत र थप पिच गर्नका लागि १ करोड ९० लाख खर्च लाग्ने गुरागाईंले सुनाए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast