बिहिवार, कार्तिक २८, २०७६
    स्वाद/परिकार

    च्याउको अचार मन पर्छ ? यसरी बनाउनुहोस् च्याउको स्वादिलो चट्नी (विधि सहित)

    प्राय: तरकारीकै रुपमा खाइने च्याउलाई अचारको पुरानै विधि प्रयोग गरेर स्वादिलो भिन्न परिकार बनाउन सकिन्छ

    बिहिवार, २९ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, २९ कात्तिक

    च्याउ तरकारीमा प्रिय मानिन्छ। प्राय: तरकारीकै रुपमा खाइने च्याउलाई अचारको पुरानै विधि प्रयोग गरेर स्वादिलो भिन्न परिकार बनाउन सकिन्छ । यहाँ च्याउको अचार बनाउने तरिका बारे चर्चा गरिएको छ :

    आवश्यक सामग्री :
    १. एक किलो डल्ले च्याउ
    २. अदुवा – २०० ग्राम
    ३. तील – २०० ग्राम
    ४. खुर्सानी – हरियो , २०० ग्राम
    ५. तोरी तेल – १०० ग्राम
    ६. कागतीको रस – स्वाद अनुसार
    ७. नुन, बेसार, धनियाँ पत्ता, टिमुर, मेथी हिंग र तोरी दाना

    बनाउने तरिका
    – डल्ले च्याउलाई राम्रो सँग पानिमा धुने र दुइ सिट्टि लगाउने ।
    – सेलाए पछिको च्याउलाई चप वोर्डमा सानो आकारमा टुक्रा बनाउने
    – तोरीको तेल तताएर एक चम्चा मेथी कालो बनाएर फुराउने, एक चम्चा तोरीको दाना पड्काएर त्यसमा एक चम्चा बेसार र एक चिम्टी हिंग हाल्ने । सानो आकारमा काटेको अदुवा फुराउने ।
    – लामो पारेर काटेको खुर्सानी फुराउने , छोपीदिने । खुर्सानीको खार सकिन्छ अनि मात्र ढक्कन निकालेर च्याउ हालेर सानो आगोमा २० मिनट पाक्न दिने । पाकेपछि सेलाउने ।
    – नून हाल्ने र तील भुटेको धुलो पनि हालेर चलाउने । अनी कागतीको रस हाल्ने । ग्रेभी बनाउन उमालेर सेलाएको पानी थप्दै चलाउने । अन्तिममा धनीयाँको पत्ता र टिमुर पनि हाल्ने । च्याउको अचार तयार भयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast