सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    कुश्माबजारमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउनका लागि ३३ लाख नगद सङ्कलन

    शिव पार्वतीको मूर्ति बनाउन रु एक लाख दिने १ सय ५१ जनालाई आयोजक बनाउने

    बिहिवार, २९ कार्तिक २०७५, आहाखबर

    कुश्मा, २९ कात्तिक

    पर्वत जिल्ला सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर परिसरमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन रु ३३ लाख सङ्कलन भएको छ । 

    मूर्ति, गुप्तेश्वर आश्रम र सिसमहल बनाउका लागि विसं २०७६ जेठ १ देखि ११ गतेसम्म आयोजना गरिने विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ आयोजना गरिने भएको मेला आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताए । 

    शिव पार्वतीको मूर्ति बनाउन रु एक लाख दिने १५१ जनालाई आयोजक बनाउने आयोजक समितिका संयोजक डा चुडामणि शर्माले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast