शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    नेपालले चीनलाई उपहारस्वरुप दिएको २ जोडी गैंडा स्वस्थ, पार्कमा राखियो

    भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो

    मंगलवार, २७ कार्तिक २०७५, आहाखबर
    फाइल तस्वीर
    काठमाडौं, २७ कात्तिक । 
     
    नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ । भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो ।
     
    २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो ।
     
    ‘नेपालले चीनलाई दिएका सबै गैंडा स्वस्थ छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेपछि सम्झौतामा उल्लेख भएअनुसार तोकिएको स्थानमा राखिएको जानकारी चीनले दिएको छ,’ राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने ।
     
    त्यसअघि ती गैंडाहरुलाई ४५ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो ।
     
    गत असार २८ गते एक सिंगे गैंडाको जोडी भद्र र रुपसी चीनलाई हस्तान्तरण गरिएको थियो । गैंडाको अर्को जोडी सोल्टी र मितिनीलाई साउन ३२ गते चीनलाई हस्तान्तरण गरिएको थियो । दुवै जोडी गैंडालाई हवाईजहाजमा राखेर चीन लगिएको थियो ।
     
    २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast