शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    दशैँ-तिहार सकेर मजदुरी गर्न भारत जाने युवाको लर्को, बस काउन्टरमा टिकट काट्नेको भीड, गाउँघर फेरि सुनसान बन्दै

    सबैभन्दा ठूलो चाड दशैँ तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थाले

    मंगलवार, २७ कार्तिक २०७५, आहाखबर

    बाजुरा, २७ कात्तिक :

    जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । 

    खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दशैँ तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् ।

    सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताए । गाउँघर फेरि सुनसान बन्न थालेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast