सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    सुजाताको घरमा 'लञ्च मिटिङ', कांग्रेस सभापति देउवा स्वच्छाचारी भएको पौडेल पक्षको आरोप

    विजयकुमार गच्छादारलाई उपसभापति बनाइपछि असन्तुष्ट बनेको पौडेल पक्षले आउँदो महासमिति बैठकका लागि रणनीति तय गर्न छलफलमा जुटेको हो

    सोमबार, २६ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, २६ कार्तिक  

    नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्टिकाटारमा बसेको छ ।

    विजयकुमार गच्छादारलाई उपसभापति बनाइपछि असन्तुष्ट बनेको पौडेल पक्षले आउँदो महासमिति बैठकका लागि रणनीति तय गर्न छलफलमा जुटेको हो ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विधान र प्रक्रिया मिचेर स्वच्छाचारी ढंगबाट पार्टी सञ्चालन गर्न थालेको आरोप लगाएको छन् ।

    बैठकमा सहभागि कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति देउवाले क्रमिक रुपमा रुपमा विधान र प्रक्रिया मिच्ने काम गरेको भन्दै उनको स्वच्छाचारी कदमको विरोध गर्ने बताए।

    गच्छदारलाई कात्र्तिक २० गते उपसभापति बनाउने निर्णय अघि वरिष्ठ नेता पौडेल पक्षले विधान अनुसार प्रक्रिया मिलाएर निर्णय लिन बारम्बार आग्रह गरेको थियो । त्यस्तो आग्रहको वेवास्ता गर्दै सभापति देउवाले राजनीतिक निर्णय भन्दै गच्छदारलाई उपसभापति बनाई छाडे।

    ‘गच्छदारलाई उपसभापति बनाउने बिषयमा कुनै विवाद थिएन। हामीपनि चाडै गर्नुपर्छ भन्ने पक्षमा थियौँ’ केसीले थपे,‘एउटा कार्यदल बनाएर त्यसको प्रतिवेदनको आधारमा विधानको प्रक्रिया समेत मिलाएर गर्न सकिन्थ्यो। तर बलजफ्ती विधि र प्रक्रिया विपरीत निर्णय लिईयो।’

    उनका अनुसार यस्तो निर्णय सभापति देउवाबाट जानबुझीकन गरिएको थियो। ‘पहिलो त मैले गरेपछि जेपनि हुन्छ भन्ने सन्देश हो,’ केसीले थपे,‘यसरी निर्णय लिदा गच्छदारको विरोध हुन्छ। त्यसको जश लिएर १४ औँ महाधिवेशनमा आफूले फाईदा लिन सकिन्छ भन्ने हो।’ 

    भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री संशाक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, पूर्व महामन्त्री प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत  र सुजाता कोइरालाको सहभागिता रहेको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast