शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    अब ३ देशमा नेपालका नयाँ राजदूत, भारतका लागि नीलाम्बर आचार्य, मलेसिया र युएईका लागि पाण्डे र ढकाल !

    सोमबार, २६ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, कार्तिक २६ ।

    सरकारले लामो समयको रिक्ततापछि राजदूत नियुक्तिको प्रक्रिया सुरु गरेको छ ।

    हालै मात्र सरकारले छिमेकी मुलुक भारतसहित बैदेशिक रोजगारमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मलेसिया र युएईमा पनि राजदूत नियुक्त गर्ने भएको हो । यद्यपी मन्त्रिपरिषदको आइतबारको बैठकले राजदूत सिफारिस गरिएको भए पनि औपचारिक निर्णय भने सुनाउन बाँकी नै छ ।


    सरकारले भारतका लागि नेपाली राजदूतमा पूर्वमन्त्री समेत रहिसकेका निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका आचार्य नेपाल(भारत सम्बन्धका विविध आयामहरुको पुनरावलोकन गर्न गठित प्रवुद्ध व्यक्ति समूहका सदस्य पनि हुन् ।

    आयार्च यसअघि श्रीलंकाका लागि राजदूत रहिसकेका छन् । 

    आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मलेसियाको लागि राजदूतमा उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि राजदूतमा कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्त गरेको हो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast