शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    लामो समय पछि बसेको मन्त्रिपरिषद् बैठक : निर्णयहरु नयाँ प्रबन्धबाट सार्वजनिक हुने

    सोमबार, २६ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, २६ कात्तिक :

    मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए । उनले भने, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।” 

    मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा यसपटक तत्काल विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast