शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    दार्चुलामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प, घरभित्र रहेकाहरु हतार–हतारमा बाहिर

    भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १६ किलोमिटर टाढा भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको जनाएको छ

    आईतवार, २५ कार्तिक २०७५, आहाखबर

    दार्चुला, २५ कार्तिक

    सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबार  ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसको ७ मिनेटपछि पराकम्पन भएको हो । 

    भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १६ किलोमिटर टाढा भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको जनाएको छ । पराकम्पनको केन्द्रबिन्दु मापन गरिरहेको मापन केन्द्रले जनाए।

    भूकम्पबाट क्षति भएको बारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

    भूकम्पको धक्कासँगै घरभित्र रहेकाहरु हतार–हतारमा बाहिर निस्किरहेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast