शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै धर्ना, बाबु भन्छन् - न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो

    धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण सहभागि हुने यज्ञराज जानकारी दिए

    आईतवार, २५ कार्तिक २०७५, आहाखबर

    कञ्चनपुर २५ कात्तिक । 

    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ  गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ ।

    राज्यले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आईतबारबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् । 

    ‘आज दिउँसो ११ बजे स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्ना सुरु हुँदैछ’ निर्मलाका बाबु यज्ञराज पन्तले बताए । उनले धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण सहभागि हुने जानकारी पनि दिए ।

    ‘साढे तीन महिनासम्म पनि सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक गरेन, त्यहि भएर म धर्ना बस्न लागेको हो । कि त सरकारले निर्मला पन्तलाई न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो मेरो सरकारलाई यहि सन्देश छ,’ यज्ञराजले भने । 

    नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो ।

    यज्ञराजले यसअघि गत कार्तिक १८ आफ्नै घर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पत्रकार सम्मेलन गरेर कार्तिक २५ गतेबाट धर्ना बस्ने घोषणा गरेका थिए । 

    उनले पत्रकार सम्मेलनमा भनेका थिए ‘मेरो अरु केही माग छैन । म नयाय नपाउँदा डिप्रेशनको बिरामी भैसकेको छु ।’ 

    निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । पन्तको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast