शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    धादिङमा ग्यास बुलेट पल्टेर आगलागी, २ जनाको मृत्यु, सनाखत हुन बाँकी

    आईतवार, २५ कार्तिक २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौं, २५ कात्तिक

    धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ ।  बेनीघाटस्थित विशालटार मोडबाट ग्यास बुलेट त्रिशूली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

    सडकबाट करीब ५० मिटर तल खसेको सो ग्यास बुलेटमा आगलागी भईरहेको पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । उद्धार तथा आगलागी नियन्त्रणका लागि निलकण्ठ नगरपालिकाको दमकल तथा नेपाली सेना तथा प्रहरी टोली घटनास्थल पुगेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast