शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्री ओलीले बालुवाटारमै लगाए भाइटीका (फाेटाे फिचर)

    अाेलीलाई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लगाइदिएका छन्

    शुक्रबार, २३ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, २३ कात्तिक 

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् ।

    शुक्रबार बिहान भाइटीकाकाे शुभसाइतमा २ बहिनीकाे हातबाट टीका लगाएका हुन् । अाेलीलाई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लगाइदिएका छन् ।

    प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दै अाएका छन् । उनीहरु दुवै टीका लगाइदिन  काठमाडौं  अाएका थिए ।

    प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

    चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै लगाइएकाे उनको सचिवालयले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast