शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    काङ्ग्रेसभित्रको झगडाका कारण गएको चुनावमा हार व्यहोर्नुपर्र्यो : सभापति देउवा

    “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।”

    शुक्रबार, २३ कार्तिक २०७५, आहाखबर
    दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति शेरबहादुर देउवालाई मायाको चिनो प्रदान गर्दै नेका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा । तस्बिर ः रमेश गिरी, भक्तपुर

    भक्तपुर, २३ कात्तिक :

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । 

    दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा  नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।” 

    नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए । 

    काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोनुर््परेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए । 

    सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए । 

    सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गर् । 

    नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast