शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन २ बहिनीहरु काठमाडौंमा

    बिहिवार, २२ कार्तिक २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौ, २२ कार्तिक 

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन दुई बहिनीहरु काठमाडौं आएका छन् । टीकाको शुभसाइतमा प्रधानमन्त्री ओलीले विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट सप्तरंगी टीका थाप्नेछन् ।

    अस्वस्थ भएपछि पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गरेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा नै आराम गरिरहेका छन्।

    ओलीकी जेठी बहिनी विष्णुमाया चितवनबाट आएकी हुन्। माहिली बहिनी कमलादेवी कोइराला भने झापाको काकरभिट्टाबाट दाजु तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिन आएकी हुन्। उनका बहिनीहरु राजनीतिबाट भने टाढा नै छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast