सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा, यस्तो छ पूजाविधी

    दाजुभाइलाई बीच आसनमा राखेर दूबोले तेलको घेरा बनाएर तीनपटक घुम्नुपर्छ, अनि ढोकाको छेउमा लगेर ओखर फोर्नुपर्छ

    बिहिवार, २२ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, २२  कार्तिक  

    भाइटीकाको उत्तम साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको जनाएको छ ।

    यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइयो भने २० गते कुकुर तिहार । कात्तिक २१ गते लक्ष्मीपूजा गरिएको छ ।

    कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवर्द्धन पूजा हुन्छ ।

    यसरी गरौं भाइपूजा:

    शुरूमा दीप, कलश र गणेशको स्थापना गर्नुपर्छ । त्यसपछि दिदीभाइ मिलेर यमराज, चित्रगुप्त, यमुना र यमदूतहरूको पूजा गरेर अर्घ्य दिनुपर्छ । अनि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।

    मन्त्र पढ्दै यमराजको प्रार्थना गर्ने –

    धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज ।
    पाहि मां किंकरैः सार्द्धं सूर्यपुत्र नमोस्तुते ।।

    त्यसपछि दाजुभाइलाई बीच आसनमा राखेर दूबोले तेलको घेरा बनाएर तीनचोटि घुम्नुपर्छ । अनि ढोकाको छेउमा लगेर ओखर फोर्नुपर्छ ।

    दाजुभाइलाई सप्तरंगी टीका लगाउनुपर्छ । टीका लगाएपछि उपहार दिनुपर्छ । किस्तीमा सजाइएका ओखर, कटुस, दही लगायतका वस्तु खुवाउनुपर्छ । अनि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र वस्त्र उपहार दिनुपर्छ ।

    त्यसपछि विसर्जन गर्दै पूजा टुंग्यानुपर्छ । यसको लामो विधि पनि छ । यहाँ भने संक्षिप्त विधि मात्र दिइएको हो ।

    भाइटीकामा मृत्युदेव यमराज र यमुना अनि दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई पूजा गर्ने प्रचलन छ । तल लेखिएका मन्त्र पढेर पूजा गर्नुहोस् ।

     

    यमराज प्रार्थना

    ऊँ त्वमेव वैवस्वत विश्वमूर्तिस्त्वमेव कालः कलनान्तरात्मा ।
    त्वमेव मृत्युः पुरुषस्त्वमेव प्रसीद देवेश नमो नमस्ते ।।

     

    यमुना प्रार्थना

    ऊँ यमस्वसुर्नमस्तेस्तु सूर्यपुत्रि नमोस्तु ते ।
    लोकमातर्नमस्तेसतु नमस्ते विष्णुवल्लभे ।।
    वरदा भव मे नित्यं यमुने लोकपूजिते ।

     

    यमदूत प्रार्थना

    ऊँ नमोस्तु यमदूतेभ्यो बलिनां ये महाबलाः ।
    मनोनिलाक्रान्तवेगाः पाशमुद्गरधारिणः ।।
    मम सौख्यकराः सन्तु पीडयन्तु न मां क्वचित् ।
    ममापचरितं सर्वं विस्मरन्तु दयालवः ।।

     

    यमुनापरिचारिका प्रार्थना

    ऊँ पूजयामि नमस्तुभ्यं यमुनापरिचारिकाम् ।
    क्षमस्व मम कल्याणि यमुनापरिचारिके ।।

    दिदीबहिनीले दाजुभाइलाई गर्ने प्रार्थना
    ऊँ मार्कण्डेय नमस्तेस्तु नमस्ते महदायुषे ।
    चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।।
    आयुः प्रद महाभाग सोमवंश समुद्भव ।
    महामते मुनिश्रेष्ठ मार्कण्डेय नमोस्तु ते ।।
    भ्रातस्तवानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
    प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
    यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात् ।
    तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि ।।
    आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता ।
    वाक्पटुत्वमजाड्यञ्च जायतां तव सर्वदा ।।
    दाजुभाइले दिदीबहिनीलाई गर्ने प्रार्थना
    ऊँ त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं त सरस्वती ।
    त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा ।।
    आयुर्लक्ष्मीर्धनं धान्यं पाश्वादिकमरोगिता ।
    सर्वं त्वदर्चनाद्दीप्तं भवेज्जन्मनि जन्मनि ।।
    पतिपुत्राधनैश्वर्यं सौभ्रात्रं जन्मजन्मनि ।
    अक्षयं जायतां देवि धर्मराजप्रसादतः ।।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast