मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    प्रधानमन्त्री ओलीको उपचार खर्च ५० हजार मात्र, आजै डिस्चार्ज हुने सम्भावना कति ?

    प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको दैनिक वेड चार्ज २५ सय र ५ दिनसम्म चलाइएको एउटा एन्टिबायोटिकको मूल्य १० परेको अनुमान

    शुक्रबार, १६ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, १६ कात्तिक 

    सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ ।

    ५ दिनदेखि मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत ओलीको शुक्रबार सम्मको उपचार खर्च  ४० देखि ५० हजार पुगेको डा अरुण सायमीले बताए । 

    डाक्टर सायमीले भने,‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा आधिकारिक जानकारी गराउन नसकेपनि सोमबारदेखि शुक्रबार सम्मको अनुमानित रकम ४० देखि ५० हजार हो ।’

    डाक्टर सायमीले भने– ‘आज साँझसम्म डिस्चार्ज हुने ९० प्रतिशत सम्भावना भएको हुँदा डिस्चार्जको समयसम्म कति खर्च लाग्यो भन्ने बरेमा केही दिनमा  जानकारी गराउनेछौ ।’

    अहिले प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको दैनिक वेड चार्ज २५ सय र ५ दिनसम्म चलाइएको एउटा एन्टिबायोटिकको मूल्य रु १० परेको अनुमान गरिएको छ भने अन्य सामान्य शुल्कमा पाईने औषधी प्रयोग गरेको डा.सायामीले बताए ।

    उनले भने, ‘यदि प्रधानमन्त्री ओली अहिले पनि उपचारको लागि बैंकक जानुभएको भए आउँदा–जाँदा र बस्ने  ५० लाख या भारतनै जानूभएको भए पनि १५ देखि २० लाख सम्म त लाग्थ्यो नै होला । तर यो पटक भने नेपालकै सरकारी अस्पतालमा उनले निकै राम्रो र कम शुल्कमा उपचार पाउनुभएको छ ।’  डिस्चार्जपछि प्रधानमन्त्रीको उपचार खर्चको बिल सरकारलाई बुझाए पछि अस्पतालले खर्च पाउने जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast