बिहिवार, जेष्ठ २२, २०७७
    मुभी-थिएटर

    यी हुन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको ड्रीम ब्वाय, उमेरको फरक नै १३ वर्ष !

    ऋतिकको पहिलो फिल्म कहो ना प्यार हैं हेरेर आफ्नो क्रश मानेको बताएकी छन्

    शुक्रबार, १६ कार्तिक २०७५, आहाखबर

    एजेन्सी, १६ कार्तिक

    पछिल्ला ८ वर्षदेखि बलिउडमा क्रियाशील अभिनेत्री सोनाक्षी सिन्हाले पहिलो पटक आफ्नो बलिउड क्रशलाई लिएर आफ्नो ड्रीम ब्वायबारे बताएकी छन् । 

    सोनाक्षीले हालै एक फ्याशन म्यागजिका लागि फोटोशूट गरिन् । सो सोही म्यागजिनमा अन्तर्वार्ता पनि दिएकी छन् । अन्तर्वार्तामा उनले आफ्नो जीवनसँग जोडिएका केही कुरा सार्वजनिक पनि गरेकी छन् ।   

    उनले बलिउडमा आफ्नो पहिलो क्रश ऋतिक रोशन रहेको बताइन् । उनले ऋतिकको पहिलो फिल्म कहो ना प्यार हैं हेरेर आफ्नो क्रश मानेको बताएकी छन् । ऋतिक र सोनाक्षीको उमेरको फरक १३ वर्षको छ । 

    उनले आफ्नो आईडल म्यानबारे पनि मुख खोलेकी छन् । उनले भनिन्, ‘मलाई यस्तो कोही चाहियो जसले मलाई स्पेस देओस र मलाई बाँधेर नराखोस ।’ 

    बिहे गर्ने तयारीमा रहेका केटीहरुलाई पनि उनले सुझाव दिइन् । उनले कुनै गलत कारण बिहेका लागि तयार नहुन केटीहरुलाई उनले सुझाव दिइन् । 

    सोनाक्षीले अन्तर्वार्ताका क्रममा विक्की कौशलको प्रशंसा पनि गरिन् । उनले मौका मिले उसँग स्क्रीन शेयर गर्नेसमेत बताइन् । 
    सोनाक्षीको अपकमिंग फिल्म कलंक र दबंग ३ हुन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast