सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छ : मन्त्री घिमिरे

    दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने भनाई

    शुक्रबार, १६ कार्तिक २०७५, आहाखबर
    खाँदबारी, १६ कात्तिक 
     
    प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएका छन् । 
     
    सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताएका हुन् ।  
     
    “प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ”, मन्त्री घिमिरेले भने, “नाम र राजधानीका विषयमा बहस भइरहेको छ ।” सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उनले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व बढेको छ भने । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast