सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश, ५ जना गठबन्धनका नेताहरु हिरासतमा

    बिहिवार, १५ कार्तिक २०७५, आहाखबर
    फाइल तस्वीर
    रौतहट, १५ कात्तिक
      
    जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।
     
    राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् ।
     
    राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो ।
     
    राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।
     
    सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको छ ।
     
    जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला अनुसार स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको हो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast