मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    मलेसियासँगको श्रम सम्झौतामा व्यवसायी असन्तुष्ट, 'न्युनतम कामदारको सङ्ख्या कति ?'

    मलेसियाले नेपाली कामदारलाई प्राथमिकतामा राख्ने वा नराख्ने बारे स्पष्ट पार्न सकेको छैन

    बिहिवार, १५ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, १५ कात्तिक

    सरकारले मलेसियासँग श्रम सम्झौता गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारका लागि सहज हुने अनुमान गरिएको छ । सम्झौता सार्वजनिक हुन नसक्दा अन्योल पनि कायमै छ । सम्झौताका शारंशले कतिपय विषयलाई स्पष्ट पार्न सकेको छैन । अर्कोतर्फ वैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि पनि कायमै छ ।

    वैदेशिक रोजगारीमा जाने कामदारका लागि गत सोमबार खुशी ल्याएको धेरैको बुझाई रह्यो । केही विषयमा स्पष्टता नहुदा कार्यान्वयन प्रभावकारी हुने वा नहुने चिन्ता पनि कायमै राखेको छ । मलेसियाले नेपाली कामदारलाई प्राथमिकतामा राख्ने वा नराख्ने बारे स्पष्ट पार्न सकेको छैन । न्युनतम कति कामदार नेपालबाट लान सकिन्छ. ?

    यो स्पष्ट छैन । अर्कोतर्फ, स्वास्थ्य विमाका विषयमा समेत खुलाइएको छैन । यद्धपि कामदारले वैदेशिक रोजगार व्यवसायीबाट पाउँदै आएको समस्या हट्ने विश्वास लिन सकिन्छ । पहिले एक लाखदेखि २ लाखसम्म एउटा कामदारबाट रकम असुल्ने व्यवसायीले सम्झौतापछि एक महिनाको तलबको ५० प्रतिशत रकम लिन पाउँनेछन् । अर्थात मलेसियन मुद्राको दर अनुसार न्युनतम तलब २८ हजार ४ सय रुपैयाँको ५० प्रतिशत १४ हजार २ सय रुपैयाँ मात्र व्यवसायीले पाउँछन् । यो रकमले कामदार पठाउन नसकिने व्यवसायीको भनाई छ ।

    यस कारण पनि उनीहरुको असन्तुष्टि देखिएको मान्न सकिन्छ । यता श्रम विभाग व्यवसायी र कामदारको पक्षमा काम गर्ने भएकाले सम्झौताले दुबै पक्षलाई समेटेको बताउँछ ।

    बैधानिकरुपमा १० हजारको विल थमाएर कामदारबाट लाखौँ रुपैँया असुल्दै आएका व्यवसायीलाई सरकारले कसरी नियन्त्रण गर्ला त्यो हेर्न बाँकी छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast