मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    नवलपरासीको मध्यविन्दु सेहरीमा अर्धवयस्क पोथी गैँडा मृत फेला, जुधेर मरेको हुनसक्ने अनुमान

    बिहिवार, १५ कार्तिक २०७५, आहाखबर
    फाइल तस्वीर

    कावासोती, १५ कात्ति 

    नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताए । 

    चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र शवपरीक्षणपछि मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताए । दुई वटा गैँडा जुधेर घाइते भएर सो गैँडा मरेको हुनसक्ने उनले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast