मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुन्छ : राप्रपा अध्यक्ष थापा

    देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको तथा सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी

    बिहिवार, १५ कार्तिक २०७५, आहाखबर
    फाइल फोटो

    लहान, १५ कात्तिक :

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताएका छन् । सिरहाको मिर्चैयामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताए । 

    कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गरे ।

    केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत अध्यक्ष थापाले लगाए । देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको भन्दै उनले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गरे । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast