शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    अपेक्षा अनुसार काम नगरेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने डा. भट्टराईको चेतावनी

    लोकतन्त्रका मूल्य/मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दावी गर्दै नयाँ शक्ति पार्टी नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान

    बुधबार, १४ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, १४ कार्तिक

    नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।

    संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्।

    बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी समेत गरे। 

    बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ। लोकतन्त्रका मूल्य/मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दावी गर्दै नयाँ शक्ति पार्टी नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।

    २ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्र्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ। संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समीक्षा हुने जानकारी दिए।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast