शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    उखु किसानको ४६ करोड नतिर्ने अन्नपूर्ण सुगर मिल्सका मालिक अग्रवाल पक्राउ

    बुधबार, १४ कार्तिक २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौं, १४ कात्तिक 

    उखुको किसानको ४६ करोड भन्दा बढी रकम नतिर्ने अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

    अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रालीले उखु किसानको ३८ लाख ६८ हजार बक्यौता नतिरेको उजुरी परेपछि पक्राउ गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

    गृह मन्त्रालयको आदेशमा बुधबार विहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

    उनकाअनुसार नवलपरासीमा रहेको अग्रवालकै इन्दिरा सुगर एण्ड एग्रो प्रालिले पनि उखु किसानको ८ करोड ५८ लाख रुपैयाँ बक्यौता नतिरेको उजुरी परेको छ । वर्षौदेखि किसानलाई ठगेको देखिएपछि पक्राउ गर्न आदेश दिइएको उनले बताए ।

    अग्रवाललाई पक्राउ गरी बक्यौता तिराउन उखु किसानहरुले किटानी जाहेरी नै दिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast