बुधबार, जेष्ठ २१, २०७७
    आर्थिक खबर

    अल्पकालीन अवधिको स्रोत जुटाउन ४ अर्बको ट्रेजरी बिक्री गर्दै नेपाल राष्ट्र बैंक

    बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्ने

    सोमबार, १२ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, १२ कात्तिक 

    नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो । 

    ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले सोमबार एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ । यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यस्ता बिलको बिक्री गरिन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast